नेपालले सीधै एसिया कप छनोटको तेस्रो चरण खेल्ने
News Desk
Jun-16 , 2021 तारिख 04:14 बेलुका

काठमाडौं — असार २, २०७८।

नेपालले एसियाकप छनोटको तेस्रो चरण सीधै खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफपी) ले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपाली फुटबलको भाग्य खुलेको हो । नेपालले अब त्यस अगाडिको प्लेअफ खेल्न पर्ने छैन ।

यसअघि नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणको आफ्नो समूहको चौथो स्थानमा रहेर प्लेअफ खेल्नु पर्ने भएको थियो । एसियाकप आयोजक चीन तथा विश्वकप आयोजक कतार एसियाकपको डिफेन्डिङ च्याम्पियन पनि भएको आधारमा चौथो स्थानमा रहने सबै आठ टिमले सिधै तेस्रो चरणमा प्रवेश पाएको हो ।

नेपाल जस्तै भाग्यमानी सावित अन्य टिममा हङकङ, माल्दिभ्स र श्रीलंका रहेका छन् । त्यस्तै छनोटको पाँचौँ स्थानमा रहेका शीर्ष तीन टिमले पनि सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्ने भएका छन् । त्यसअनुसार म्यानमार, यमन र बंगलादेशले पनि सीधै तेस्रो चरण खेल्ने भएका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको