नेदरल्यान्ड्स समूह विजेताका रूपमा युरो-२०२० को अन्तिम १६ मा
अस्ट्रिया २–० ले पराजित
News Desk
Jun-18 , 2021 तारिख 11:49 बिहान

आम्स्टर्डम —  असार ४, २०७८।  एजेन्सी

मेम्फिस डिपेले पेनाल्टीबाट गरेको सुरुवाती गोलको मद्दतमा नेदरल्यान्ड्सले अस्ट्रियालाई बिहीबार २–० ले पराजित गरेको छ । जितसँगै नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।

लिग चरणको अन्तिम एक खेल अगाडि नै नेदरल्यान्ड्स समूह 'सी' विजेता बन्ने पनि निश्चित भएको छ। 

डेविड अल्बाले जेनजेल डुमफ्रेसमाथि गरेको फलमा प्राप्त पेनाल्टीमा डिपेले ११ औं मिनेटमा गोल पहिलो गरे । युक्रेनमाथि प्राप्त जितमा प्रभावशाली प्रदर्शन गरेको डुमफ्रेसले दोस्रो हाफमा दोस्रो गोल गरे । यो उनको प्रतियोगितामा दोस्रो व्यक्तिगत गोल पनि रह्यो ।

योहान क्रोएफ एरेनामा भएको खेलमा डच टिम सुरुदेखि नै सुदृढ देखिएको थियो र यसक्रममा फ्रान्क डे बोरको टिमले सन् २०१४ को विश्वकपयता खेलिरहेको पहिलो ठूलो प्रतियोगितामा आफूलाई अहिलेसम्म सफल सावित गरेको छ ।

समूहमा नेदरल्यान्ड्सको ६ अंक छ भने अस्ट्रिया र युक्रेन दुवै तीन तीन अंकमा छन् । नेदरल्यान्ड्सले यी दुवै टिमलाई हराइसकेको छ । उत्तरी मेसोडोनिया भने शून्य अंकमा अन्तिम स्थानमा छ ।

धेरै पढिएको