यस्तो छ युरो २०२० क्वार्टरफाइनल समीकरण
News Desk
Jul-01 , 2021 तारिख 11:13 बिहान

पेरिस — असार १७, २०७८। 

युरो २०२० को अन्तिम १६ का खेल मंगलबार टुंगिएका छन् । यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको अन्तिम आठमा बेल्जियम र इटाली तथा स्विटरल्यान्ड र स्पेन भिड्नेछन् ।

यस्तै अन्तिम आठका अन्य खेल युक्रेन र इंग्ल्यान्ड तथा चेक गणतन्त्र र डेनमार्कबीच हुनेछन् ।

अन्तिम १६ को चरणबाट डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वकप विजेता फ्रान्स दुवै बाहिरिएका छन् । प्री–क्वार्टरफाइनलमा एक खेल टाइब्रेकरमा गएको थियो भने तीन खेलको निर्णय अतिरिक्त समयबाट भएको थियो ।

धेरै पढिएको