News Desk
पेरिस — असार १७, २०७८।एएफपी
युरो २०२० केलियन एमबापेको लागि त्यस्तो प्रतियोगिता हुन सक्थ्यो, जहाँबाट उनले आफूलाई सर्वकालीन सर्वश्रेष्ठ खेलाडी हुने बाटो खोल्न सक्थ्यो । फ्रान्सकै लागि भने विश्व च्याम्पियन मात्र होइन्, युरोपेली च्याम्पियन हुने अवसर पनि थियो ।
तर जति बेला स्विट्जरल्यान्डको हातबाट टाइब्रेकरमा पराजित भएर प्रतियोगितामा उसको चुनौती समाप्त भयो, उसका लागि अथाह दुःख मात्र तेर्सिएको भान हुन्छ । सन् १९८४ यता फ्रान्स विश्व विजेताका रूपमा युरोको क्वाटरफाइनल पनि पुग्न नसकेको अभाग्यशाली टिम पनि बनेको छ ।
त्यति बेला यस्तै पीडाको क्षणबाट इटाली गुज्रेको थियो । करिम बेन्जेमाको आगमनले फ्रान्स अझ बलियो भएको मानिएको थियो । तीन वर्ष अगाडि उनी विनानै फ्रान्सले विश्वकप जितेको थियो । डिडिएर डेस्याम्पको फ्रान्सले यसपल्टको युरोमा त्यस्तो केही प्रदर्शन गर्न सकेन्, जस्तो अपेक्षित थियो । अब टिमका आगमनपछि फ्रान्समा उसको प्रदर्शनलाई लिएर धेरै प्रश्न गरिनेछ । जस्तो, यति धेरै आक्रमणको प्रतिभा भएर पनि फ्रान्सले किन हंगेरी र स्विट्जरल्यान्डलाई हराउन सकेन ?
एमबापे किन गोल खडेरीबाट गुज्रे ? अनि टिमको रक्षापंक्ति किन यति कमजोर देखियो ? एमबापेले सामाजिक संजालमा भनेका छन्, ‘यो पीडादायी क्षणबाट अगाडि बढ्न गाह्रो छ । जसरी फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ, त्यसले पक्कै अथाव दुःख दिएको छ ।’ फ्रान्सलाई यस स्थितिबाट मुक्त हुन आवश्यक नै छ । यो हारलाई चाँडै बिर्सनु पर्नेछ । किनभने सन् २०२२ मा कतारमा हुने विश्वकपमा फ्रान्सले यस्तै भुल दोहराउने स्थितिबाट गुज्रन सक्दैन् । फ्रान्सले अहिले तत्काल के मनमा राख्न सक्छ भने टाइब्रेकर हारलाई छाडेर कम्तीमा फ्रान्स प्रतियोगितामा पराजित भएन् ।
विश्वकप आफै भने महिले १७ महिना मात्र टाढा छ । २०१८ को विश्वकपमा एमबापे ठूला स्टारका रूपमा आफूलाई स्थापित गर्न सफल भएका थिए । उनले रुसमा चार गोल गरे र ६० वर्षपछि पेले बाहेक किशोर उमेरमै उपाधि जित्ने पहिलो खेलाडी बने । तर युरो उनका लागि साँच्चै सुखद रहेन नै । त्यसैले २२ वर्षीय यिनै खेलाडीले भनेका छन्, ‘पेनाल्टीमा गोल गर्न नसक्नुका लागि म क्षमा माग्न चाहन्छुं । मैले टिमलाई सहयोग गर्न चाहन्थे, तर सकिनं । तर मलाई असाध्यै मन पर्ने खेलमा यस्ता उचारचढाव हुने नै गर्छ ।’
भलै उनले चार खेलमा कुनै गोल गर्न सकेनन्, तर उनी यी सबै खेलमा विपक्षी टिमका लागि भने प्रत्येक समय चुनौती रहे । खालि उनले प्राप्त मौकामा निर्णायक प्रदर्शन गर्न सकेनन् । अबको विश्वकपसम्म फ्रान्सेली टिम हेर्ने जिम्मा पाएका डेस्याम्पम भने आफ्ना युवा खेलाडीकै समर्थनमा उत्रेका छन् । उनी भन्छन्, ‘एमबापेबाट धेरै आश थियो । उनले गोल गर्न त सकेनन्, तर आक्रामक खेल भने खेले । उनले अन्तिम पेनाल्टी लिने निर्णय गरे र यसमा चुके । उनलाई लिएर कोही पनि रिसाएका छैनन् । कोही उनलाई दोष दिन पनि चाहँदैनन् ।’
(कान्तिपुर दैनिक)