राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान
News Desk
Jul-02 , 2021 तारिख 11:15 बिहान

काठमाडौँ  — असार १८, २०७८। 

त्रिदेशीय ट्वान्टी २० क्रिकेट शृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार नगदबाट सम्मानित भएको छ । वैशाखमा काठमाडौंमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच सम्पन्न प्रतियोगिता घरेलु टोलीले जितेको थियो ।

राष्ट्र्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली टोलीलाई नगद ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही १ लाख प्रदान गरेको छ । कुशल भुर्तेल, आसिफ शेख, शाहव आलम र कमल सिंह ऐरीले प्रतियोगिताबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको माई सेकेन्ड टिचरले जनाएको छ । माई सेकेन्ड टिचरका तर्फबाट इननोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले कप्तान ज्ञानेन्द्र मल्ललाई नगद हस्तानतरण गर्दै त्रिदेशीय शृंखलामा नेपालको प्रर्दशन गर्विलो रहेको जनाए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको