स्टर्लिङको प्रशंसा गर्दै साउथगेट
News Desk
Jul-02 , 2021 तारिख 11:19 बिहान

लन्डन — असार १८, २०७८। एएफपी

इंग्लिस प्रशिक्षक गेराथ साउथगेटले युरो २०२० मा आफ्नो टिमका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका रहिम स्टर्लिङको बिहीबार खुलेर प्रशंसा गरेका छन् । उनी स्टर्लिङलाई भरोसा गर्न योग्य खेलाडी मान्छन् । म्यानचेस्टर सिटी खेलाडीले अहिलेसम्म टिमका लागि तीन गोल गरिरहेका छन् ।

त्यसमा जर्मनमाथि प्राप्त जितमा भएको पहिलो गोल पनि पर्छ । उनको प्रदर्शनको मद्दतले इंग्ल्यान्ड प्रतियोगिताको क्वाटरफाइनल पुगेका छ र फाइनल प्रवेशका लागि बलियो प्रत्यासी बनेको छ । स्टर्लिङले इंग्ल्यान्डका लागि पछिल्ला २० खेलमा १५ गोल गरिसकेका छन् । त्यस अगाडि उनले २७ खेलमा कुनै गोल गर्न सकेका थिएनन् ।

साउथगेट भन्छन्, ‘उनी योद्धा खेलाडी हुन् र सफलताप्रति उनको भोक गज्जब छ । पछिल्लो समय उनको खेल निकै परिस्कृत रहेको छ । गोलका लागि उनको लगाव पनि उत्तिकै प्रशंसा योग्य छ । स्टर्लिङले पछिल्लो समय गोलका लागि अवसर पनि सिर्जना गरिरहेका छन् । म उनको प्रदर्शनलाई लिएर निकै खुसी छुं ।’

युरो सुरु हुन अगाडि स्टर्लिङको प्रदर्शनलाई लिएर आलोचना पनि भइरहेको थियो र उनीमाथि लागेको सबैन्दा ठूलो आरोप थियो, इंग्ल्यान्डका लागि खेल्दा उनमा देखिएको उदासिपन । यसलाई लिएर साउटगेटले भनेका छन्, ‘समर्थकको आलोचनाले कहिले काम गरेको छ । वेम्बलीमा उनले जुन लय समाटेका छन्, त्यो टिमका लागि सुखद रहेको छ ।’

(कान्तिपुर दैनिक)

धेरै पढिएको