इंग्ल्यान्ड सेमिफाइनलमा, डेनमार्कको सामना गर्ने
News Desk
Jul-04 , 2021 तारिख 11:09 बिहान

रोम — असार २०, २०७८। एएफपी

ह्यारी केनको दुई गोलमा इंग्ल्यान्डले शनिबार २०२० मा युक्रेनमाथि युरो ४–० को जित निकाल्दै सेमिफाइनल यात्रा निश्चित गरेको छ । इंग्ल्यान्डको एकपक्षीय जितमा केनले चौथो मिनेटमा गोलको खाता खोले ।

पहिलो हाफमा ह्यारी म्याकग्वेर र केनले थप एक–एक गोल गरे । सब्स्टिच्युट जोर्डन हेन्डरसनले चौथो गोल गरे । अब मंगलबार वेम्बलीमा हुने सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कको सामना गर्नेछ ।

इंग्ल्यान्डले सन् १९६६ को विश्वकपका रूपमा पहिलो ठूलो उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड युरोको इतिहासमा सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो । यसपल्टको युरोमा गेराथ साउथगेटको इंग्ल्यान्डको यो लगातार पाँचौं जित हो । यस क्रममा टिमले अहिलेसम्म उत्कृष्ट प्रदर्शन कायम राख्दै एक गोल पनि खाएको छैन ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको