बार्टी र प्लिस्कोभा विम्बल्डन उपाधिका लागि भिड्ने
News Desk
Jul-09 , 2021 तारिख 11:27 बिहान

लन्डन —  असार २५, २०७८। एजेन्सी

विश्व नम्बर १ खेलाडी एस्ली बार्टीले विम्बल्डनको महिला एकल फाइनलमा चेक गणतन्त्रकी आठौं वरीयताकी क्यारोलिन प्लिस्कोभाको सामना गर्ने भएकी छन् । 

अस्ट्रियाकी बार्टीले पूर्वविजेता एन्जेलिक केरबेरलाई बिहीबार ६–३ र ७–६ ले पराजित गरिन् । प्लिस्कोभाले भने अर्को सेमिफाइनलमा आरयाना सबालेन्कालाई ५–७, ६–४ र ६–४ ले हराइन् ।

बार्टी र प्लिस्कोभा दुवैले अल इंग्ल्यान्ड क्लबमा फाइनल खेल्न लागेको यो पहिलोपल्ट हो । अहिलेसम्म यी दुई खेलाडीबीचका सात खेलमा बार्टी पाँच प्रतिस्पर्धामा विजयी रहेकी छिन् ।

धेरै पढिएको