मेसी बार्सिलोनामै रहन सहमत
News Desk
Jul-15 , 2021 तारिख 07:23 बिहान

बार्सिलोना‍ —  असार ३१, २०७८। एजेन्सी

लियोनल मेसी सन् २०२६ सम्मका लागि बार्सिलोनामै रहन सहमत भएका छन् । यसअघि उनले क्लबबाट लिँदै आएको पारिश्रमिकको आधामै उनी नयाँ अनुबन्ध गर्न तयार भएका हुन् ।

गत जुन ३० मा मेसी र बार्सिलोनाबीचको अनुबन्ध समाप्त भएको थियो र उनी बिना कुनै मूल्य अन्य क्लब जान सक्ने भएका थिए । कोपा अमेरिकाको समाप्तिपछि उनी अहिले बिदामा छन् ।

त्यसैले मेसी र क्लबबीचको अनुबन्धलाई लिएर सबै तथ्य बाहिर आउन बाँकी छ । बार्सिलोनाका नयाँ अध्यक्ष जोन लोपार्टाले मेसीलाई फेरि क्लबमै अनुबन्ध गर्नु आफ्नो प्रमुख लक्ष्य बनाएका थिए ।

बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् र यसक्रममा १० ला लिगा, चार युरोपेली च्याम्पियन्स लिग र सात कोपा डेल रे जितेका छन् । यस्तै उनले कीर्तिमानी ६ पल्ट बालोन डीअर पनि जितिसकेका छन् ।

(कान्तिपुर दैनिक)