नागरिक सुखका लागि सरकार
News Desk
Jul-21 तारिख 12:26 बेलुका

काठमाडौँ —  श्रावण ६, २०७८।  

-राजु भट्टराई

राजनीति साँच्चीकै भरिपूर्ण निती रहेछ । दल–दल भित्र कहिले लैलामज्नुको जस्तो प्रेम  त कहिले विरोधै विरोधको चर्काे नारा । अस्ति भर्खरै जस्तो लाग्छ टिभीको स्क्रिन भरिने गरी देखिएको दृश्यमा सबै दलले नछुटीनेगरी हात मिलाएको देख्दा साँच्चीकै अब त नेपालका सबै दलहरु मिलेर देशलाई उन्नती, प्रगति तिर लैजाने भए भन्ने भान भएको थियो । ओलीबा, प्रचण्ड अङ्कल, माधव मामा र बाबुराम दाई लगाएतका अन्य दलका शिर्ष नेताहरु । अबत हातमा हात बढाइ देशलाई समृद्धि तिर धकेल्ने भए भन्ने आभाष भएको थियो । देशमा भएको ठुलो क्रान्तिले ल्याएको प्रजातन्त्र अनि प्रजातन्त्रलाई जनताको सामु समर्पित गरी रचिएको प्रजातान्त्रिक गणतन्त्र अनि सबै साना ठूला राजनीतक दल, कार्यकर्ताहरुको समर्थनमा बनाइएको संविधानले त राष्ट्रलाई डिग नहल्लीने बनाउने भयो भन्ने सोच आएको थियो । सरकार जनताको हितका लागी सँधै तम्तयार भइरहन्छ नागरिकको पक्षमा रही सँधै विकास, निमार्णका योजना अनि त्यसको कार्यन्वयनका लागी सँधै अगाडि बढिरहन्छ भन्ने भान थियो । देशका सबै जातजाती, भाषा, संस्कारलाई सम्मान गर्दै देशलाई विश्वकै नमुना राष्ट्रका रुपमा चिनाउने कोशिस हुन्छ भन्ने ठानेको थिए । तर त्यसपछिका दिनहरुमा पनि राजनीतिक दलहरुको खटपट भइरह्यो । आफ्नो स्वार्थका लागी देशको सम्माननीय स्थान मा बसि धेरै थरीका राजनीतिक लडाइहरु भइरहे । राजनीतिक दलहरु छेपाराले रङ फेरेझैँ आज एउटा कुरा गरे भने भोली फेरी अर्कै कुरा । मात्र सत्ता र आफ्ना स्वार्थका लागी बहस भइरहे । विश्वभरि कोराना महामारीले सताइरह्यो भने हाम्रो देशमा दलहरुको खटपट मात्र भइरह्यो । मुलुकलाई कोरोनाले सिकिस्त बनाइरह्यो । दलहरु एक अर्कामा भनाभन भइरह्यो । टोलटोलमा सामाजिक दुरी कायम गरौँ भन्ने नारा फुकीरहयो । तर राजनीतिक लडाईमा दलहरु सँधै होमिईरहे नत सामाजिक दुरीनै कायम गरे नत कोरोनाको महामारी बाट देशका नागरीकलाई उतार्ने कुनै योजना नै बनाए ।

यहि माहामारीकै समयमा संसारमै नभएको परम्पराले घेरा हाली सडकनै ढाकिने गरी नामै नभएको जात्रा देखियो देशभरी । कोरोना माहामारीकै बेलामा धेरै जात्राहरु सामाजिक दुरी कायम गर्नुपर्छ महामारी लाई रोक्नुपर्छ भनेर सदियौँ देखि मनाउँदै आएका जात्राहरु मनाइएन तर यहि महामारीका बीचमा देशमा धेरै राजनितीक जात्राहरु धुमधामका साथ मनाइँदै आइयो । देशका ठूला राजनितीक दलहरुले आफ्नो प्रचारप्रसाद सत्तामा आउँदा होस् या सत्ताबाट बाहिरीदाँ आफ्नो शक्ति प्रदर्शन गर्न कहिल्यै चुकेनन् । तेस्रो लहर, खोप, कोरोना, दैनिक संक्रमण, कोरोनाबाट मृत्यु आदि विषयलाई संचार माध्यमहरुले छापिरहे । देशका नागरिकहरु सँधै डर, त्रासमा बाँचीरहे । धेरै संख्यामा संक्रमितले ज्यान गुमाए भने धेरै कोखहरु रोहिरही अनि धेरैको सिन्दुर पुछियो अनि धेरै नागरीकले आफ्नो अभिभावक गुमाए । देशका नागरीकहरु दैनिक गुजारा चलाउन धौधौ भइरहे । विद्यालय, कलेजका ढोका बन्द रहिरहे । तर राजनीतक दललाई न त कोरोनाले नै छोयो न त बाढि पहिरोलेनै । 

संसारका धेरै राष्ट्रहरुले कोरोनालाई भगाउन सफल भए । देशका नागरिकहरुको सुरक्षा गर्न काबिल रहे । तर हाम्रो देशमामा यहि माहामारीकै विचमा धेरै राजनितीक युद्धहरु समापन भए । कोहि दलले हारे त कोहिले जिते । राजनीतक युद्धमा हुम्मीने नेताहरुलाई कोरोनाको बाल भएन मात्रै आफ्नो कुर्चि र सत्ता मात्र आँखामा झल्किरह्यो । मुलुकमा आदरणीय ओलीबा प्रधानमन्त्री हुँदा अदुवा र बेसार खाएपछि कोरोना कुलेलाम ठोक्छ भन्ने सुनियो भने हालसालै प्रधानमन्त्री नियुक्त हुनुभएको सम्माननीय प्रधानमन्त्री देउबा ले चाँडैनै कोरोनाको खोप सबै नागरीकलाई पु¥याउने रे भन्ने मात्र सुनियो । यतिका दिन वितिसके मुलुकमा कोरोना भित्रिएको .... । मुलुकलाई कोरोनाले सिकिस्त बनाएर मुलुक यति सिथिल हुँदा पनि हाम्रा वरिष्ट नेताहरुको शक्ति दिनानुदिन बढ्दै छ । नेताले सँधै ताने ताने गरेरै समय विताउने भए । सुखी नेपाली त अक्षरमा मात्र सिमित रहने भयो । बेदना त मात्र नागरिक आफैँले मात्र भोग्नु पर्यो । 

महिनौँ देखि देशको सर्वाेच्च अदालतमा बहस भइरहेपछि । सर्वाेच्चले जनताको हितमा रही फैसला गर्याे । सबै दलहरुको सहमतीमा सम्मानीय प्रधानप्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरीयो । देउवाले छिटो छिटो गरेर असार ३ गतेका दिन विश्वासको मत लिनुभयो । सबै दलहरुको मतदानबाट सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा विजय हुनुभयो ।अबका दिनमा राजनीतिक लडाईमा कोहि दलहरु नहोमिने  विश्वास हामी नागरिकलाई दिलाउन जरुरी छ । जनता र देशका निम्ती आफ्नो समय, बुद्धि, विवेक र समर्थ्य लगाउनु पर्नेछ । देशलाई समृद्धि तर्फ लैजादै  मात्रै नागरिक सुखी हुनेछन् ।