वेस्ट इन्डिजमाथि अस्ट्रेलिया ठूलो अन्तरले विजयी
News Desk
Jul-21 तारिख 01:57 बेलुका

ब्रिजटाउन — श्रावण ६, २०७८। एजेन्सी

अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखलामा बुधबार विजयी सुरुवात गरेको छ । पाहुना टिमले डकवर्थ लेविस नियमअन्तर्गत १ सय ३३ रनको ठूलो अन्तरको जित निकालेको हो ।

यससँगै उसले वान डे सिरिजमा १–० को अग्रता पनि लिएको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले कप्तान एलेक्स क्यारीको ६७ रनको मद्दतले ४९ ओभरमा नौ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

वर्षाले प्रभावित खेलमा घरेलु टिमले २६.२ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि माइकल स्टार्कले घातक बलिङ गरे र ४८ रन दिएर पाँच विकेट लिए ।

(कान्तिपुर दैनिक)