स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
News Desk
Jul-25 , 2021 तारिख 10:38 बिहान

काठमाण्डौं-राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य तथा जनसंखया मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी माननीय उमेश श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।’

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन ५ सदस्यीय मन्त्रिमण्डल बनाएपनि त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बेला आज एक राज्यमन्त्री थप गरिएको हो।   

धेरै पढिएको