हेल्पिङ्ग हेण्ड फाउण्डेसन अफ नेपालले लोखिममा सुविधा सम्पन्न बर्थिङ्ग स्वास्थ भवन निर्माण गर्ने
News Desk
Jul-27 तारिख 12:34 बेलुका

 सोलुखुम्बु-थुलुङ दुधकोशी गाउँपालिकाको समन्वय र हेल्पिङ्ग हेण्ड फाउण्डेसन अफ नेपालको आर्थिक सहयोगमा सोलुखुम्बु जिल्ला थुलुङ्ग दुधकोशी गाउँपालिका वडा न.९ स्थित लोखिम गोपेमा सुविधा सम्पन्न वर्थिङ सेन्टर निर्माण गरिने भएको छ । सोका लागि आज राजधानीमा एक कार्यक्रम माझ फाउण्डेशनका संचालक रत्न कुमार तामाङ र थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई बीच परियोजना संचालन सम्झौता भएको छ ।

प्रारम्भिक चरणमा फाउण्डेशनको तर्फबाट करिब ७०लाख आर्थिक सहायता जुटाउने र क्रमिक रुपममा सप्पन्न गर्न आर्थिक व्यवस्थापन गर्दै जाने सो सम्झौता पत्रमा उल्लेख गरिएको छ।सम्झौतापत्रमा पालिकाकातर्फबाट एक रोपनी जग्गा उपलब्ध गराउने तथा उपभोक्ता समिति गठन गर्न सहकार्य गर्ने उल्लेख गरिएको छ।उक्त परियोजना सम्झौता भएको मितिले ६महिना भित्रमा पुर्बधार सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।

सोही अवसरमा पालिका अध्यक्ष राईले विकास निर्माणमा गैरसरकारी संस्थालाई सहज भुमिका निभाउन गाउँपालिका सधै तत्पर रहेको बताए । कार्यक्रममा नेपाल हेल्पिङ्ग हेन्ड फाउण्डेसन अफ नेपालका संचालक रत्न कुमार तामाङले स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न पाउँदा संस्थाको परिकल्पनामा पनि सार्थकता पाउने तर्क राखेका थिए।ग्रामिण भेगमा स्वास्थ्य जस्तो अत्यावश्यक सेवासँग जोडिन पाउँदा खुशी लागेको धारणा व्यक्त गरे ।

परियोजनाका इन्जिनियर माधव रेग्मी ,थुलुङ्ग दुधकोशी गाउँपालिका स्थित वडा न.९ अध्यक्ष भुपाल राई लगाएतका स्थानीय व्यक्तिहरु समेत उपस्थिति रहेको थियो।