गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त
News Desk
Jul-28 , 2021 तारिख 12:57 बिहान

 काठमाडौँ-गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका लागि गुरुङ र शेरचनलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

गुरुङ र शेरचनलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

त्यसैगरि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसारमंगलबार नै गण्डकी प्रदेशकी सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी छन् ।

धेरै पढिएको