. गोविन्द केसीसँग विभिन्‍न समयमा भएका सम्झौताबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन
News Desk
Aug-31 , 2021 तारिख 12:45 बिहान

काठमाडौँ -सरकारले डा. गोविन्द केसीसँग विभिन्‍न समयमा भएका सम्झौताबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । डा.केसीसँग गरिएका सम्झौताहरु कार्यान्वयनको कुन चरणमा छन् भनी यकिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजत्वमा यस्तो समिति गठन गरेका हुन् । समितिको सदस्यमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र शिक्षा, स्वास्थ्य र कानून मन्त्रालयका सहसचिव सदस्य रहने निर्णय गरिएको छ।

समितिलाई नेपाल सरकारसँग भएका सम्झौता प्रतिबद्धता कार्यन्वयनको अवस्थाबारे चिकित्सा शिक्षा आयोग, मन्त्रालय र परिषद्हरुसँग छलफलगरी कार्यान्वयन बाँकी रहेका सहमति, कार्यान्वयन अवस्था र गर्नुपर्ने कामबारे ठोस सुझाव पेश गर्न कार्यदेश दिइएको छ ।