संचारकर्मी समिर लामाको दशै तिहार गीत ‘रातो टीका’ गीतको भिडियो सार्बजनिक(भिडियो)
News Desk
Oct-15 , 2021 तारिख 01:21 बिहान

संचारकर्मी समिर लामाको दशै तिहार गीत ‘रातो टीका’ गीतको भिडियो सार्बजनिक भएको छ । नेपालीहरुको महान चाड दसै तिहारलाइ लक्षित गरि बनाएको उक्त गितको शव्द रचना कलाकार समेत रहेका लामाले लेखेका हुन भने गितमा नवीन लामा र रेखा पौडेलले स्वर दिएका छन । भिडियोमा एकै पटक लामा र पौडेल तीन तीन भुमिकामा प्रस्तुत भएका छन । भिडियोको निर्देशन र अभिनय पनि स्व्यं लामाले गरेका छन भने, नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलले पनि करिअरमै पहिलोपटक अभिनय गरेको सो गितमा आफनै संगीत रहेको छ ।

२०६२ सालमा रेडियो नेपालमा सर्बोत्कृस्ट गायक को परिचय बनाएका नबिन लामाले बिगत एक दशक पछिको उनको यो गीत रहेको छ । । पछिल्लो समय निकै ब्यस्त नव मोडेल झरना परियारले पनि यसै गितको भिडियोमा अभिनय गरेकी छिन, उनको केही दिन अगाडि मात्रै आयो दसै नामक गित सार्बजनिक भएको थियो ।

भिडियो रेखा पौडेलको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । राजेश कुमार श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियोलाई रेशम दर्लामी मगरले छायांकन र बिनोद बमले सम्पादन गरेका हुन ।

धेरै पढिएको