रमिता बिश्वकर्मा मृत्यु बारे छानबिनका लागी माईती पक्षबाट उजुरी
News Desk
Oct-19 तारिख 10:29 बिहान

 

         काठमाडौं  -गत २७गते जर्सिङ्गपौवा स्थित जंगलको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी २७ बर्षिय रमिता बिश्वकर्माको मृत्यु बारे छानबिनका लागी माईती पक्षबाट उजुरी परेको छ ।  घटना शंकास्पद देखिएको भन्दै माइती पक्षले प्रहरी बृत्त बौद्धमा आत्महत्याका लागि उक्साएको आरोप सहित मृतकका पति शुरेस विक विरुद्ध दुरुत्साहन मुद्दा दर्ता गरेको हो।घटना भएको दिन मृतकका श्रीमान शुरेस  बिकसँग झगडा भएको र सोही दिन घटना हुनुअघि मृतक रमिता बिश्वकर्माले आफनी  आमालाई लोग्नेका कारण आफु बाच्न नसक्ने अवस्थामा पुगेको व्यहोरा माइती पक्षले अवगत गराए पछि  प्रहरी बृत्त बौद्धले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको हो।

दोरम्बा शैलुङ्ग गाउँपालिका वडा न २ मानेडाडा माईती घर भएकी रमिताका बुबा सार्की कामी र आमा सुन्तली कमिनी छोरीलाई न्याय दिलाउन भन्दै दोरम्बाबाट न्यायका लागि राजधानी आएर किटानी जायरी दिएका हुन । मृतककी आमा सुन्तली कमिनीले ज्वाँईले छोरीले बारम्बार पीडा दिने गुनासो आउने गरेको बताइन् ।  
           माईती पक्षले मृतकको पोस्टमार्टमको पुर्ण विवरण प्राप्त नभएसम्म आफुहरुले अन्तिम संस्कार  गर्न अनुमति नदिने भन्दै अडान लिएपछि किटानी जाहेरीको आधारमा निज सुरेस बिकलाई नियन्त्रणमा  लिई  अनुसन्धान थालेको प्रहरी बृत बौद्धले जनाएको छ।प्रहरी बृत बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले घटनाको प्रकृति हेरी कानुन बमोजिम कार्बाही थालेको बताए।आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भईसकेकोले थप प्रमाण जुटाउन निज अभियुक्तलाई नियन्त्रण लिइ अनुसन्धान भईराखेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।
     घटना शंकास्पद हुनसक्ने भन्दै थप अनुसन्धान गर्नुपर्ने माग दोरम्बाका स्थानीय  सामाजिक अभियान्ता विजय  लामाले राखेका छन् ।