नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ निर्वाचित
News Desk
Dec-05 , 2021 तारिख 09:56 बेलुका

नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ पून निर्वाचित हुनुभएको छ ।
नृत्य निर्देशक संघ नेपालको हिजो सम्पन्न पांचौं साधारण सभा तथा दोस्रो केन्द्रीय अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्षमा प्रदिपमान श्रेष्ठ,उपाध्यक्षमा शम्भु शाही,महिला उपाध्यक्षमा भावना कार्की,महासचिवमा नृपध्वज खत्री (निरिप),सचिवमा ऋषिकेश श्रेष्ठ,कोषाध्यक्षमा शारदा सोती शर्मा
सह सचिवमा रवि राना मगर,सह कोषाध्यक्षमा केशव कोईराला तथा अन्य बोर्ड सदस्यमा
प्रमिला कर्की ढकाल,बुद्ध लामा, सृजना श्रेष्ठ तथा सिर्जना राजबहाक निर्वाचित हुनुभएको थियो ।

नेपाल संङ्गीत तथा चलचित्र बिद्यालय गौशालामा शनिवार सम्पन्न भएको नृत्य निर्देशक संघ नेपालमा आवद्ध बिभिन्न प्रदेश ,जिल्ला ,नगर कमिटीका अध्यक्ष सहितका प्रतिनिधि र संघ का बिभिन्न बिभागका संयोजकको उपस्थिति रहेको थियो । बरिष्ठ अधिवक्ता ,संघका कानूनी सल्लाहकार तथा प्रमुख निर्वाचन अधिकृत सन्तोष राना मगरबाट उक्त अधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति पदाधिकारीहरुको नाम घोषणा गर्नु भएको थियो । २०७३ साल श्रावण मा दर्ता भएको संघको स्थापना काल देखि सम्पूर्ण नृत्य निर्देशकहरुको हकहितका लागी कार्य गर्दै आएको संघले स्थापनाको छोटो समयमा नै थुप्रै नृत्य निर्देशकहरुलाई एकजुट गराउन सफल भएको स्मरण गर्नुका साथै सवैलाई धन्वाद दिनुहुदै पून अध्यक्षमा निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनमा संघलाई थप सशक्त ढंगले सक्रिय भएर नृत्य निर्देशकहरुको हितका लागि लागि पर्ने बताउनुभयो ।