अधिक मतसहित डा. गोविन्द खनिया केन्द्रिय सदस्य निर्वाचित
News Desk
Dec-06 , 2021 तारिख 08:52 बिहान

अधिक मतसहित डा. गोविन्द खनिया केन्द्रिय सदस्य निर्वाचित


हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनमा मा. राजेन्द्र प्रसाद लिंगदेन विजयी हुनुभएको छ। निर्वाचन मार्फत चुनिएका लिंंगदेशले पार्टीलाई युवा आकर्षणको केन्द्र बनाउने उदघोस गरेका छन्। यसैगरी विगत लामो समयदेखि राप्रपामा आबद्ध डा. गोविन्दराज खनिया पनि पुन: अधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। लिंगदेनलाई जिताउनको लागि महत्वपुर्ण भूमिका खेल्नुभएका डा. खनिया राप्रपामा अब युवा पुस्ताको नेतृत्व आएकोमा खुशी व्यक्त गर्नुभएको छ।  राप्रपाको पोखरा महाधिवेशन २०५९मा स्थापित नेताहरुलाई पछि पार्दै ३४वर्षको युवा उमेरमा नै  १८ केन्द्रिय सदस्यमध्य निर्वाचित भएपछि खनियाको चर्चा चुलिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र विद्वान्, बौद्धिक एवं शालीन नेताको रुपमा परिचित खनियाले राप्रपाको विभिन्न कार्यकारिणी पदमा रहेर काम गरिसक्नु भएको छ। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्धी संगठनका संस्थापक केन्द्रिय उपाध्यक्ष समेत रहिसकेका खनिया, २०५९ देखि निरन्तर केन्द्रिय सदस्य, धौलागिरी अन्चल संयोजक देखि केन्दिय सहायक महामन्त्री तथा प्रवक्ताको जिम्मेवारीमा रहिसक्नुभएको छ। पटक पटक उच्चस्तरिय कार्यसम्पादन समितिको सदस्य र पार्टका विभिन्न विभागका संयोजक र सचिवालयमा रही  काम गरिसक्नुभएको छ। 
,सरल, मिजासिलो र कार्यकर्ताको प्रिय खनिया भन्नुहुन्छ 'मेरो राजनीति कुनै लाभको पद र सुख सयलको लागि होइन, मात्र नेपाललाई हिन्दु अधिराज्य स्थापना गर्न एउटा बलियो पिल्लर बन्न चहान्छु र यो समय पार्टीको भविष्यको लागि संवेदनशील घडी हो, अहिले आउने नेतृत्वले नै पार्टी र देशको भविष्य सुनिश्चित गर्नेछ त्यसैले हाम्रो प जोशिलो नेतृत्व स्थापना गर्ने प्रयत्न सफल भएको छ। शिक्षा आर्जनलाई नै आफ्नो रुचि बनाउनुभएका उहाले राजनीतिशास्त्रमा विद्यावारिधी(PhD) तथा 
MBA, MPA, MA( Economics), MA (Political Science), Msc (Natural Resource Management)र स्नातक तर्फ
BBA, BEd, BL , BA, Post Graduate Diploma (English) अध्यययन गर्नुभएको छ।साथै नेपालको राजनीतिमा राप्रपा, राप्रपाको पुनर्जागरण र राप्रपामा तीन दशकको राजनीतिक यात्रा र भावी परिकल्पना नामक पुस्तकहरुपनि प्रकाशन गरिसक्नुभएको छ।

त्यसैगरी उपाध्यक्षमा विक्रम पाण्डे, धुवबहादुर प्रधान, बुद्धिमान तामांग, रोशन कार्की, महामन्त्रीमा नेपालगंजका मेयर धवलशंशेर राणा, भुवन पाठक महिलातर्फ कुन्ती शाही निर्वाचित हुनुभएको छ।