News Desk
काठमाडौं । काठमाडौंको मध्य वानेश्वरमा अवस्थित रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन संकाय अन्तर्गत पढाई हुने नेपालकै एक सर्वोत्कृष्ट शैक्षिक संस्था हो । यस कलेजमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस र एमबीएस तहको शैक्षिक कार्यक्रम संचालित छन् । प्रोफेसनल एजुकेटर्स लिमिटेडद्वारा सञ्चालित ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन क्षेत्रका प्रतिष्ठित, अनुभवी, विज्ञहरूले स्थापना र सञ्चालन गरेको विशुद्ध व्यवस्थापन विषय अध्यापन हुने उर्वर शैक्षिक केन्द्र हो । जसको व्यवस्थापन समिति अध्यक्षमा त्रि वि. बाट गोल्ड मेडल हासिल गर्नुभई दुई दशकसम्म सरकारी क्याम्पसमा प्राध्यापनरत रहनुभएका तथा दर्जनौ पुस्तकका लेखक प्राज्ञ डा. खगेन्द्र प्रसाद ओझा रहनु भएको छ । डा. ओझाको प्रत्यक्ष निगरानी तथा सुपरिवेक्षणमा संचालित ग्लोबल कलेज अफ म्यानेजमेण्टमा अध्ययनशील, लगनशील र मेहनेती व्यक्तिहरूको समूह अध्यापन र व्यवस्थापन कार्यमा क्रियाशील हुनुहुन्छ ।

शिक्षक, विद्यार्थीमैत्री भौतिक संरचना र आधुनिक शैक्षिक वातावरणको संयोजनमा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने उच्च गुणस्तरको शिक्षा दिनु ग्लोबल कलेज अफ म्यानेजमेण्टको उद्देश्य हो । कलेजले जीवनोपयोगी शिक्षण–सिकाइ, काउन्सिलिङ तथा अतिरिक्त कियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास, तथा परियोजना कार्य (प्रोजेक्ट वर्क) र अनुसन्धानात्मक कियाकलापका माध्यमलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्दै आएको छ । त्यसो त अध्ययन–अध्यापन, व्यवस्थापन तथा व्यवस्थापन शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक एवम् शैक्षिक पूर्वाधारका कारण ग्लोबल कलेज अन्तर्राष्ट्रियस्तरको नेपालकै नमुना कलेज पनि हो । यहाँका हरेक कक्षा कोठामा मल्टिमिडिया प्रोजेक्टर, पि.ए सिस्टम, श्रव्यदृश्य सामग्री, सिसि टिभीद्वारा निगरानी, थम्ब सेन्सर (उपस्थितिका लागि उपकरण) लगायतका सामग्रीले विद्यार्थीको पठन पाठनलाई घरेलु वातावरणमा परिवर्तन गरिदिएको छ । यहाँ सहज र शान्त वातावरणमा पढ्न मिल्ने आरामदायी कुर्सी, पर्याप्त ठाउँ भएका वातावरण अनुकूल उज्याला अध्ययन कक्ष छन् । यस कलेजमा उच्च प्रविधियुक्त एसी जडित सभाहलहरू, एक पटकमा दुई वटा पुस्तक हरेक विद्यार्थीले पाउन सक्ने क्षमताको पुस्तकालय, उच्च गतिको इन्टरनेट, अत्याधुनिक कम्प्युटर प्रयोगशाला तथा स्वच्छ, सफा र सन्तुलित आहार प्राप्त गर्न सकिने चमेना गृह, इ. पुस्तकालय लगायतका सेवा सुविधाहरू उपलब्ध रहेका छन् ।

बिषयगत रुपमा दक्षता हासिल गरेका अनुभवी प्राध्यापकहरुको वर्चस्व रहेको ग्लोबल कलेज अफ म्यानेजमेण्टले टिचिङ स्टाफहरुको सेवा सुविधा माथि बिशेष ध्यान दिने गरेको छ । जसमा सरकारी स्केल भन्दा पनि बढि तलबमान र अन्य सेवा सुविधा उपलब्ध छन् । फलत: ग्लोबल कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा पस्कदै आएको छ ।अब्बल शैक्षिक प्रतिष्ठानका रूपमा स्थापित ग्लोबल कलेज राष्ट्रिय एवम् अन्तरराष्ट्रिय मंचहरुमा सर्वोत्कृष्ट व्यवस्थापन कलेजका रूपमा पुरस्कृत र प्रशंसित हुँदै आएको पनि छ ।

विद्यार्थीको रुचि र क्षमताको पहिचान गरि अन्तर्निहित प्रतिभाको प्रस्फुटन हुने कार्य तथा समूहमा काम गर्ने शैली र क्षमताको विकास गर्ने जस्ता बिषयमा कलेज व्यवस्थापनले उच्च प्राथमिकता दिदै आएको पनि छ । कुशल व्यवस्थापक बन्ने सीप र गुणको विकास गर्न कलेजले परियोजना कार्य तथा अनुसन्धानमुलक कार्यमा अधिक भन्दा अधिक लगानी गर्ने गर्दछ । जसमा लेखा प्रणालि र सूचना प्रविधिसँग परिचित गराउँदै सफ्टवेयर प्याकेजसमेत सिकाएर विद्यार्थीलाई निपूर्ण बनाउने देखी कठिन विषयमा अतिरिक्त कक्षा, अंग्रेजीको व्यावहारिक लेखन तथा स्तरीय उच्चारणका निम्ति अनिवार्य भाषा कक्षा, करिअर काउन्सिलिङ, भावी अध्ययनको काउन्सिलिङ, सेमिनार, प्रत्येक विषयमा अनिवार्य पावर प्वाइन्ट प्रिजेन्टेसन, नियमित गृहकार्य परीक्षण, फिल्ड भिजिट, ट्रमपेपर लेखनजस्ता कार्यले विद्यार्थीमा आत्मविश्वास बढाउदै व्यक्तित्व विकासमा टेवा पुर्याउने आदी कार्य पर्दछन्।

त्यस्तै ग्लोबल कलेज परिसर भित्र खेल संरचना अन्तर्गत फुटसल ग्राउण्ड, क्रिकसल पिच, बास्केटबल कोर्ट, टेबलटेनिस बोर्डहरु मौजुद छन् ।

ग्लोबल कलेज व्यावसायिक क्षेत्रको जनशक्ति विकासको आधारस्तम्भका रूपमा नेपाली समाजमा स्थापित भएको छ । सम्पूर्ण आर्थिक र प्रशासनिक विवरण पारदर्शी राख्ने यो कलेज नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा सम्भव छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ । नेपाली माटोको सुगन्ध र मुटुको मर्म महसुस गरी राष्ट्रिय दायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति ग्लोबल कलेजले उत्पादन गर्दै आएको छ । यस शैक्षिक संस्थाले उत्पादन गरेका योग्य विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजमा योगदान दिएका छन् । आफनो उज्ज्वल भविष्यको सपना देखेका विद्यार्थीका लागि जीवनयात्राको प्रारम्भ बिन्दुको जग बनेर यो कलेज खरो उपस्थित भएको छ । उत्कृष्ट नजिता सहितको प्रमाणपत्रका साथै जीवन कौशलको विकास, गुणस्तरीय शिक्षा, उपयुक्त शैक्षिक वातावरण, प्रयोगात्मक शिक्षा, प्रस्तुतीकरणका नवीन पद्धति र नैतिक आचरणयुक्त व्यावहारिक व्यक्तित्व विकास यस कलेजमा अध्ययन गर्ने विद्यार्थीका सामाजिक पहिचान हुन् ।





