हाँडीगाउँको सेन्ट जर्ज स्कुलमा सरस्वती पूजा
News Desk
Feb-14 , 2024 तारिख 06:29 बेलुका

फागुन -२, हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलमा विद्याकी देवी सरस्वती माताको पूजा भब्य रूपमा सम्पन्न भयो ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता एवं समानान्तर समुहका निर्देशक एवं समाजसेवी श्रीकृष्ण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । विद्यालयका प्र.अ. मेघराज बजगाइले कार्यक्रम बारे प्रष्ट पार्दै उपस्थित सबैलाई स्वागत गरि सुरु भएको कार्यक्रम विद्यालयकी शिक्षिका द्वय उर्मिला काफ्ले र बितिशा बुढाथोकीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले सरस्वती पूजाको दिन अत्यन्तै शुभ रहने, , हरेक किसिमका शुभ कार्य यस दिन गरिने, यस दिनबाट वर्षा सुरु हुने, यस दिनलाई वसन्त पन्चमी, श्रीपन्चमी पनि भनिन्छ ।यस दिन बालबालिकालाई अक्षर चिनाउने विशेष दिनको रूपमा लिनेे गरिन्छ र विद्यालयहरुले यस दिनलाई विशेष दिनको रूपमा लिई पूजा कार्यक्रम गर्ने, पुरस्कार वितरण गर्ने र विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिने गरिन्छ भन्ने कुरा बताए ।कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण भण्डारीले विद्यालयले यसरी पढाईसंँगै अतिरिक्त क्रियाकलाप पनि संँगै लाँदा विद्यार्थीहरुको चौतर्फी बिकासमा सहयोग पुग्ने र लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन सहयोग कुरा बताए ।

कार्यक्रमलाई रोचक बनाउदै अभिभावकहरु बीच चम्चा दौड प्रतियोगिता सन्चालन गर्दै प्रथम ,दोस्रो र तेस्रो हुने अभिभावकहरु क्रमशः शारदा पन्त, इन्दिरा शर्मा बजगाई र प्रनिशा शाही लाई अध्यक्ष प्रल्हाद दाहालले विशेष पुरस्कार प्रदान गरेका थिए । नयाँ भर्ना हुने बालबालिकालाई अक्षर चिनाइनुको साथै पुरस्कार स्वरुप स्टेसनरीको सामग्री समेत वितरण गरिएको थियो। 

कार्यक्रममा वार्षिक खेलकुद सप्ताहका बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरुले विभिन्न किसिमका साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रम सरस्वती माताको स्तुतिबाट सुरु भएको थियो भने उपस्थित सबै विद्यार्थी र अभिभावकलाई प्रसाद वितरण गरि समापन गरिएको थियो ।

धेरै पढिएको

Related Post