म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गर्छ : पारस खड्का
News Desk
Nov-12 , 2024 तारिख 11:56 बिहान

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन। 

नक्सालमा सोमवार एनपिएलको बारेमा भएको पत्रकार सम्मेलनमा क्यान सचिव खड्काले एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घन्टा निगरानी राख्ने बताएका छन।

साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर पनि निगरानी राख्ने बताए। उनले एन्टी करप्सन युनिटलाई सशक्त बनाउने विषयलाई आफूहरूले प्राथमिकतामा राखेको स्पष्ट पारे।

धेरै पढिएको