एनपिएलको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ग​र्यो आफ्नो जर्सी सार्वजनिक
News Desk
Nov-13 , 2024 तारिख 12:39 बेलुका

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आज (मंगलवार) आफ्नो जर्सी सार्वजनिक गरेको छ

सुदूरपश्चिमका मालिक स्वतन्त्रप्रताप शाह, मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी र टोलीका ब्रान्ड एम्बेसडर दीपक विष्टले जर्सी सार्वजनिक गरे। 

पहेँलो रङको जर्सीमा मार्की खेलाडी ऐरी र ४५ नम्बर अङ्कित छ। सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमटा छन्।

पहिलो संस्करणमै उपाधि जित्ने लक्ष्य राखेको सुदूरपश्चिमले टोलीमा विदेशी खेलाडी न्युजिल्याण्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्तफा, स्कटल्याण्डका ब्रान्डन म्याकमुलन र इङ्ल्याण्डका सेफ अली जेबलाई अनुबन्ध गरेको छ। विश्वकप विजेता अष्ट्रेलियाका पूर्वखेलाडी ब्राड हग टोलीको प्रमुख मेन्टर रहेका छन्।

जर्सीसँगै सुदूरपश्चिमले ‘सुदूरको शान मैदानमा तुफान’ बोलको टोलीको गीत पनि सार्वजनिक गरेको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गर्न लागेको एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

धेरै पढिएको