स्टार स्पोर्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने
News Desk
Nov-16 , 2024 तारिख 12:43 बेलुका

खेलकुदसम्बन्धी चर्चित अन्तरराष्ट्रिय च्यानल स्टार स्पोर्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत एनपिएलको प्रशारण साझेदार स्टार स्पोर्ट्सँग रहने घोषणा गरेको हो। 

क्यानका सचिव पारस खड्काले एनपिएलको ब्रान्ड भ्यालु बढाउन स्टार स्पोर्ट्सजस्ता अन्तरराष्ट्रिय च्यानल आवश्यक रहेको र सोहीअनुरूप स्टार स्पोर्ट्ससँग सहकार्य गरेको बताए। 

क्यानले एनपिएलको टाइटल स्पन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा पनि गरेको छ। क्यानका सचिव पारस खड्काले एनपिएल र बैंकबीच ५ वर्षको सहकार्य हुने जानकारी दिए। 

क्यान सचिव खड्काले कीर्तिमान सहकार्य भएको उल्लेख गरे पनि सम्झौता रकमबारे भने खुलाaनन। सो अवसरमा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियाले नेपालमा लोकप्रिय खेल क्रिकेटको विकासमा सहयोग गर्न बैंकले सहकार्य गरेको बताए। 

उनले एनपिएलका कारण खेलाडीले विश्वभरिक खेलाडीसँग खेल्ने राम्रो अवसरमा पाउने र देशको पर्यटनमा पनि सघाउ पुग्ने विश्वास व्यक्त गरे। 

सो अवसरमा क्यान सचिव खड्काले २ दिनभित्र एनपिएलको खेलतालिका सार्वजनिक गरिने र मंसिर १६ गते कीर्तिपुरमा नै उपनिर्वाचन हुने भएकाले त्यस दिन खेल सञ्चालन नहुने स्पष्ट पारे। 

धेरै पढिएको