एनपिएलमा आबद्ध टोलीहरूले नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई १० लाख रुपैयाँ दिने
News Desk
Nov-16 , 2024 तारिख 01:09 बेलुका

नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोलीहरूले आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन।

आज संयुक्त रूपमा एनपिएलमा आबद्ध टोलीहरूले नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन। 

युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एशिया छनोटको अन्तिम खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो। 

नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीवार साँझ स्वदेश फर्किसकेको छ। यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही २ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। 

यू–१९ महिला विश्वकप क्रिकेट सन २०२५ मा मलेशियामा आयोजना हुँदै छ। त्यसअघि नेपालले यू–१९ एशिया कप खेल्नेछ। 

आगामी मङ्सिर ३० गतेदेखि मलेशियामा नै हुने एसीसी यू–१९ महिला एशिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहनेछ। 

एशियाली क्रिकेट परिषद (एसीसी) का अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन भने समूह ‘बी’मा बंगलादेश, श्रीलंका र मलेशिया छन।

नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ।

धेरै पढिएको