News Desk
अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।
ताजिकिस्तानको दुसान्बे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको हो।
पहिलो हाफ गाल रहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा नेपालले आक्रामक लय राख्न पुज्ञ्ो। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै मनीष डाँगीको गोलबाट नेपालले अग्रता बनाएको थियो। डाँगीले ४६ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए।
खेलको ७८ औँ मिनेटमा रोहित चन्दले गोल थप्दै नेपाललाई २–० को अग्रतामा पुर्याए। निर्धारित र थपिएको अतिरिक्त समयमा थप गोल हुन सकेन। नेपाल विजयी भयो। फिफा वरीयतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ।
पछिल्लो फिफा वरीयतामा अफगानिस्तान १५१ औँ स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ।