नेपाललाई यु-१९ महिला विश्वकप छनोट गराउन सफल कप्तान पुजा महतोलाई गृह जिल्लामा भव्य स्वागत
News Desk
Nov-19 , 2024 तारिख 12:23 बेलुका

नेपाल यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई महोत्तरी जिल्लामा भव्य स्वागत गरिएको छ। नेपालले पहिलो पटक महिला यु-१९ टी-२० विश्वकपको लागि छनोट भएपछि पुजा महतोको नेतृत्वको चर्चा व्यापक भएको छ। महतोले टोलीलाई कुशल नेतृत्व प्रदान गर्दै अन्तिम खेलमा युएईलाई हराउँदै ऐतिहासिक सफलता दिलाएकी हुन्। 

महोत्तरी जिल्लाका बासिन्दाले उनलाई माला, खादा र सांस्कृतिक झाँकीसहित स्वागत गरे। यो अवसरमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमीहरू, र उनका प्रशंसकहरूको ठूलो उपस्थिति थियो। महतोले नेतृत्व गर्न पाएकोमा गर्व महसुस गरेको र आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।  

यो ऐतिहासिक छनोटसँगै टोलीका सदस्यहरूलाई सरकारले २ लाख ५० हजार रुपैयाँको पुरस्कार घोषणा गरेको छ। महतो र उनकी टोलीले नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय लेख्न सफल भएका छन्।  

धेरै पढिएको