दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरतर्फको वरीयतामा यथावत
News Desk
Nov-21 , 2024 तारिख 12:13 बेलुका

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरतर्फको वरीयतामा यथावत रहेका छन।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा ऐरी दोस्रो स्थानमा यथावतै रहेका हुन। 

लराउन्डरतर्फ वरीयताको शीर्ष स्थानमा भने भारतका हार्दिक पाण्ड्या छन। उनले २ स्थान सुधार गर्दै अलराउन्डरतर्फको वरीयताको शीर्ष स्थान कब्जा गरेका हुन। 

वरीयताको तेस्रो स्थानमा इङ्ल्यान्डका लियाम लिभिङस्टोन रहेका छन। यसअघि उनी शीर्षमा रहेका थिए। उनको वरीयता २ स्थान तल खस्किएको छ। 

अस्ट्रेलियाका मार्कस स्टोइनिस चौथो स्थानमा यथावतै रहँदा श्रीलंकाका वानिन्दु हसरंगाले एक स्थान सुधार गर्दै शीर्ष पाँचमा उक्लिएका छन।

टी–२० ब्याटिङ वरीयतामा भने भारतका तिलक वर्माले ठूलो फड्को मारेका छन। यसअघि ७२औँ स्थानमा रहेका उनले ६९ स्थान सुधार गर्दै वरीयताको तेस्रो स्थानमा उक्लिएका छन।

अस्ट्रेलियाका ट्राभिस हेड ब्याटिङतर्फ वरीयताको शीर्ष स्थानमा रहँदा इङ्ल्यान्डका पिल साल्ट दोस्रो स्थानमा यथावत छन। 

भारतका सूर्यकुमार यादवको वरीयता एक स्थान तल खस्किँदै चौथो स्थानमा झर्दा पाकिस्तानका बाबर आजमको वरीयता पनि एक स्थान तल खस्किँदै पाँचौँ स्थानमा झरेका छन। 

ब्याटिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीको पनि वरीयता खस्किएको छ। यसअघि ४७औँ स्थानमा रहेका उनको वरीयता एक स्थान तल खस्किएर ४८औँ स्थानमा झरेका छन। 

नेपालका कप्तान रोहित पौडेलले भने वरीयतामा एक स्थान सुधार गरेका छन। यसअघि ६१औँ स्थानमा रहेका उनी नयाँ वरीयतामा ६०औँ स्थानमा छन। आसिफ शेखको पनि वरीयता दुई स्थान तल खस्किएर ७०औँ स्थानमा आइपुगेका छन।

 

धेरै पढिएको