म्यानचेस्टर सिटी टोटनहमसँग ४–० ले पराजित  
News Desk
Nov-24 , 2024 तारिख 12:22 बेलुका

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ। गएराति भएको खेलमा सिटी टोटनहमसँग ४–० ले पराजित भयो। 

सिटीको यो लगातार पाँचौँ हार हो। सन २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो। पहिलो हाफमै म्याडिसनले दुई गेल गरेपछि पेड्रो पेरोले टोटनहमका लागि दोस्रो गोल थपे। त्यसपछि ब्रेनन जोन्सनले इञ्युरी समयमा चौथो गोल गरे।

यस नतिजासँगै घरेलु मैदान इतिहाडमा पेप ग्वार्डिओलाको सिटीको ५२ खेलको अपराजित यात्रा पनि टुंगेको छ। यो नतिजाका बाबजुद सिटी २३ अंकमा अझै दोस्रो स्थानमा छ र यो शीर्षमा रहेको लिभरपुलसँग पाँच अंकले पछाडि छ।  चेल्सी, आर्सनल र ब्राइटन समान २२ अंकमा शीर्ष पाँच भित्र छन।

शनिबारका अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१, आर्सनलले नटिङघम फरेस्टलाई ३–०, ब्राइटनले बर्नमाउथलाई २–१ र उल्भ्सले फुलहमलाई ४–१ ले हरायो। एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ तथा एभरटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले।

 

धेरै पढिएको