आइपिएलमा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री
News Desk
Nov-25 , 2024 तारिख 12:37 बेलुका

इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन।   यससँगै उनी आइपिएलका सर्वाधिक महँगो क्रिकेटर बने। आइपिएल २०२५ का लागि भएको अक्सनमा ऋषभलाई आफ्नो टिममा ल्याउन लखनउ सुपर जायन्ट्सले  महँगो रकम खर्चेको हो।

यसै गरी पन्जाब किङ्ग्सले पनि श्रेयस एयरका लागि २६ करोड ७५ लाख भारतीय रुपैयाँ रकम खर्च ग¥यो। श्रेयसको बेस प्राइस दुई करोड मात्र थियो। 

पछिल्लो आइपिएलमा अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्क कीर्तिमान रकममा बिक्री भएका थिए।  सो समय कोलकाता नाइट राइडर्सले स्टार्कमाथि २४ करोड ७५ लाख भारतीय रुपियाँ खर्चेको थियो। 

यसपालि स्टार्क ११ करोड ७५ लाखमा दिल्ली क्यापिटल पगे। यसै गरी आइतबार तेज बलर अर्सदीप सिंह १८ करोड भारतीय रुपियाँमा पन्जाब किङ्ग्स र मोहम्मद सामी १० करोड भारतीय रुपियाँमा सनराइजर्स हैदरावादमा पुगेका छन। इङ् ग्ल्यान्डका जस बटलरलाई गुजरात टाइटन्सले १५ करोड ५० लाख रुपियाँमा खरिद ग¥यो।

धेरै पढिएको