यू–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन टोली तयार : गौच​न​
News Desk
Nov-27 , 2024 तारिख 01:28 बेलुका

नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले आगामी यू–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन आफ्नो टोली तयार रहेको बताएका छन।

नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)मा आगामी मंसिर १४ गतेदेखि २३ गतेसम्म एशिया कप हुँदै छ। एशिया कपका लागि मंगलवार भएको बिदाई कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक गौचनले धेरै क्षमतावान युवा खेलाडी रहेकाले नेपाली युवा टोलीको छनोट गर्न नै कठिन रहेको उल्लेख गर्दै आफ्नो टोली एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार रहेको बताए।

साथै प्रशिक्षक गौचनले भारतको कर्नाटकको टोलीसँगको मैत्रीपूर्ण खेल आफ्नो टोलीका लागि महत्वपूर्ण रहेको पनि उल्लेख गरे।
 
नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान हेमन्त धामीले पनि भारतीय टोलीसँग भएको अभ्यास खेल उपयोगी रहेकाले त्यसका लागि क्यानलाई धन्यवाद दिए।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै एसीसी यू–१९ एशिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरेको थियो। क्यानका सचिव पारस खड्काले आगामी यू–१९ विश्वकपमा छनोट हुनका लागि एशिया कप महत्वपूर्ण रहेको बताए। 

धेरै पढिएको