एनपिएलमा जनकपुर बोल्ड्सको लगातार दोस्रो जित
News Desk
Dec-02 , 2024 तारिख 09:55 बेलुका

काठमाडौं। कप्तान अनिलकुमार साह र मार्की खेलाडी आसिफ सेखबीच पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हुँदा जनकपुर बोल्ड्सले नेपाल प्रिमियर (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ। सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्समाथि आठ विकेटको जित हात पारेको हो। पहिलो खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले नै पराजित गरेको थियो। 

जितसँगै शीर्ष स्थानको जनकपुरले दुई खेलबाट चार अंक पुर्‍याएको छ। कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउन जनकपुरलाई खासै समस्या भएन। उसले उक्त लक्ष्य ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

धेरै पढिएको