News Desk
काठमाडौं, ब्रेनल्यान्ड एकेडेमीले आयोजना गरेको BLA किड्स प्रि-ओलम्पियाड २०८१ गत शनिबार प्रहरी प्रशिक्षण एकेडेमी, महाराजगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली खेलकुद क्षेत्रका प्रतिष्ठित हस्ती, म्याराथन लेजेन्ड वैकुण्ठ मानन्धर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
उक्त प्रि ओलम्पिआडमा नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्स का मालिक स्वतन्त्रप्रकाश शाह र सम्राट बिक्रम शाहले पनि कार्यक्रममा विशेष उपस्थिति जनाउनुभएको थियो। प्रमुख अतिथि एवम बिशेष अतिथिहरुले यस्तो कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्दै भविष्यका खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
ब्रेनल्यान्ड एकेडेमीका प्रिन्सिपल तथा एनपीएप्सनका केन्द्रीय महासचिव पारसमणि दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
बालबालिकाहरूले विभिन्न खेल प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
विद्यालयका भाइस प्रिन्सिपल प्रशान्त दाहालका अनुसार यो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी भएको छ। यसले बालबालिकाहरूलाई खेलकुदमा आकर्षित गर्न महत्वपूर्ण योगदान दिएको दाहालले बताउनुभयो।
प्ओलम्पियाड जस्ता कार्यक्रमहरूले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पुर्याउने विश्वासका साथ, ब्रेनल्यान्ड एकेडेमीले आगामी दिनमा यस्ता थप कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ।