जनकपुरले एलिमिनेटरको विजेता कर्णाली याक्ससँग क्वालिफायरमा प्रतिष्पर्धा गर्ने
News Desk
Dec-19 , 2024 तारिख 12:16 बेलुका

जनकपुरले एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीवार दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछ।

दोस्रो क्वालिफायरको विजेताले सुदूरपश्चिम रोयल्ससँग एनपिएल उपाधिका लागि खेल्नेछ। 

बलियो प्रतिद्वन्द्वी मानिएको जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमविरुद्ध जनकपुरको यो लगातार दोस्रो पराजय हो। 

 सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। प्लेअफमा पनि सुदूरपश्चिमले विजययात्रा कायमै राख्यो। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। 

कर्णालीले पनि बुधवार नै इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित पारेको हो। आजको पहिलो खेलमा कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गरेको हो। 

जनकपुर र कर्णालीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भोलि दिउँसो साढे १२ बजे शुरु हुनेछ। 

धेरै पढिएको