एसीसी यू-१९ महिला एसिया कपको उपाधि भारलाई
News Desk
Dec-23 , 2024 तारिख 12:36 बेलुका

एसीसी यू-१९ महिला एसिया कपको उपाधि भारतले जितेको छ । आज सम्पन्न फाइनलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतको जितमा गंगादी त्रिसाले शानदार अलराउण्ड प्रदर्शन गरिन ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

त्रिसाबाहेक भारतका अन्य कुनै ब्याटरले ठूलो इनिङ खेल्न सकेनन । त्रिसाले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाइन । कप्तान निक्की प्रसादले १२ रन जोडिन । मिथिला विनोदले १७ रनको योगदान गरिन । बंगलादेशका लागि फास्ट बलर फरजाना इस्मिनले चार तथा निशिता अख्तर निशीले दुई विकेट हात पारे ।

जवाफमा बंगलादेशले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो । बंगलादेशका लागि फाहोमिदा छोयाले १८ र जुइरिया फिरदौसले २२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन । भारतका लागि आयुषी शुक्लाले ३ तथा सोनम र पारुनिका सिसोदियाले २-२ विकेट लिए । पहिलो संस्करणको एसीसी अन्डर १९ महिला एसिया कपमा नेपाल सुपर फोरबाट बाहिरिएको थियो ।

धेरै पढिएको