News Desk
आगामी जनवरीमा मलेशियामा हुने महिला यू–१९ विश्वकपको तयारीस्वरुप नेपाली खेलाडीको टोली बन्द प्रशिक्षणका लागि चितवन आएको छ।
भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली चितवन आएको हो।
चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाका अनुसार यही बुधवार शुरू हुने बन्द प्रशिक्षणका लागि खेलाडीसहितको टोली चितवन आएको हो।
उनले भने, “आजसम्म सबै खेलाडी चितवन आइपुग्छन।” कतिपय हवाई मार्ग हुँदै आएका छन भने कतिपय सडकबाट आएको उनले जानकारी दिए।
बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने जानकारी उनले दिए। बन्द प्रशिक्षण पुस २२ गते सम्म चल्नेछ। बुधवार दिउँसो साढे १२ बजेदेखि बन्द प्रशिक्षण शुरू हुने जानकारी उनले दिए।
यहाँको बन्द प्रशिक्षण सकिएलगत्तै नेपाली टोली प्रतियोगिताका लागि मलेशिया प्रस्थान गर्ने उनले बताए।