News Desk
नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा स्वागत गरिएको छ।
जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो।
सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो। खेलाडी सहभागी रहेको ¥यालीमा हजारौँ समर्थक सहभागी थिए। खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो।
कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट सङ्घका अध्यक्षसमेत रहेका मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको थियो। त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए।
उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो। आइतवार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो।
एनपीएल ट्रफी मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महासेठले बताए।