पहिलो खो-खो विश्वकपमा सहभागिता जनाउँदै नेपाल
News Desk
Jan-10 , 2025 तारिख 12:22 बेलुका

नेपालले भारतको नयाँ दिल्लीमा जनवरी १३ देखि फेब्रुअरी १ सम्म हुने पहिलो खो-खो विश्वकपमा सहभागिता जनाउँदैछ। २३ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालका पुरुष र महिला टोलीले प्रतिस्पर्धा गर्नेछन्।

पुरुष टोली समूह ए मा भारत, भुटान, पेरु र ब्राजिलसँग खेल्नेछ भने महिला टोली समूह सी मा भुटान, श्रीलंका, जर्मनी र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले तयारीका लागि सीमित स्रोतका बाबजुद एक महिना अभ्यास गरेको छ। संघका अध्यक्ष प्रदीप महर्जनका अनुसार भारतबाहेक अन्य टोलीसँग नेपालको प्रदर्शन सशक्त हुने अपेक्षा गरिएको छ।

नेपाली पुरुष टोलीले उद्घाटन खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ। कप्तान हेमराज पनेरुले उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएका छन्। महिला टोलीकी कप्तान सरस्वती कडायतले पनि प्रभावशाली प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छिन्।

नेपाल यसअघि एशियाली खो-खो च्याम्पियनशिपमा उपविजेता भएको थियो।

धेरै पढिएको