News Desk
ललितपुरको महालक्ष्मी नगरपालिकामा युनाइटेड क्लबको आयोजनामा म्याराथन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महालक्ष्मी नगरपालिकाका मेयर हरि गोबिन्द श्रेष्ठ रहनुभएको थियो। साथै, उद्घाटन कार्यक्रममा स्थानीय नेता, समाजसेवी तथा युवा समूहको उल्लेखनीय उपस्थिति रहेको थियो।
युनाइटेड क्लबका अध्यक्ष पवन शाहीको सभापतित्वमा सम्पन्न समारोहमा ३०० भन्दा बढी सहभागी भएका थिए। क्लबले आगामी दिनमा सामाजिक, सांस्कृतिक, र खेलकुद गतिविधिहरूलाई प्राथमिकता दिँदै क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको प्रमुख आकर्षण विभिन्न प्रतियोगिताहरू रहेका थिए, जसमा मिणमर सिन्जी तामाङ प्रथम स्थान, अजित कुमार यादव द्वितीय स्थान, तथा नरेन्द्र सिंह रावत तृतीय स्थान हासिल गर्न सफल भए।
समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापित यस क्लबले युवाहरूलाई सक्षम बनाउँदै भविष्यका लागि सशक्त नेतृत्व तयार गर्ने लक्ष्य लिएको छ।
युनाइटेड क्लबले भविष्यमा समाजसेवा र विकासलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको क्लबकी कोषाध्यक्ष पृथविन्दु महर्जनले जानकारी दिनुभएको छ ।