टी-२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्दै
News Desk
Feb-02 , 2025 तारिख 06:46 बिहान

त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

घरेलु टोली यसअघि नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । 

श्रृङ्खलामा नेपाल थाइल्याण्ड र नेदरल्याण्ड्स छन।