News Desk
नेपाल खेलकुद परिषद (राखेप) हाताभित्र भएको तोडफोड घटनाप्रति खेलकर्मी, खेल संघहरू तथा कर्मचारी संघले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन।
कर्मचारी संघको आरोप
राखेप कर्मचारी संघले कानुनी विधि र प्रक्रियाबाट आफ्ना मागहरू राख्न पाउने भए पनि नेपाल उसु महासंघका पूर्वपदाधिकारीको नेतृत्वमा आएको समूहले नियोजित रूपमा तोडफोडको घटना घटाएको आरोप लगाएको छ।
गत बिहीबार राखेपले पत्रकार सम्मेलन गर्दै नेपाल उसु महासंघबाट लाक्पा छिरिङ लामा, पौडी संघका अशोकरत्न वज्राचार्य, कुस्ती संघका समिम मियाँ अन्सारी, कबड्डी संघकी तुलसा थापा र ह्यान्डबल संघका तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुसार कारबाही प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो। उनीहरूलाई तीन दिनभित्र सफाइ दिन समयसीमा तोकिएको थियो।
कारबाहीको घोषणापछि तोडफोड
राखेपले कारबाही प्रक्रिया अघि बढाउने घोषणा गरेको भोलिपल्ट नै लाक्पा छिरिङ लामासहितको टोलीले तोडफोड गरेको बताइएको छ। तर, नेपाल उसु महासंघका अध्यक्ष शैलश कर्मचार्य नेतृत्वको टोलीले उक्त घटनामा आफ्ना खेलाडीहरू संलग्न नरहेको बताउँदै भर्त्सना गरेको थियो।
खेलकर्मी र संघसंस्थाहरूको निन्दा
शनिबार विभिन्न खेल संघ तथा खेलकर्मीहरूले घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन। ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल संघका अध्यक्ष दीपक श्रेष्ठ र इस्पोर्ट्स एसोसिएसन अफ नेपाल (इसान) का महासचिव पवन कार्की सहित करिब ४० खेल संघहरूले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन।
ँयस्ता गतिविधिले नेपाली खेलकुद क्षेत्रको बदनाम गर्छ,ँ विज्ञप्तिमा उल्लेख गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ। इस्पोर्ट्स संघले अदालतले अवैधानिक ठहर गरिसकेको उसु महासंघका नाममा भएको गतिविधि आपत्तिजनक रहेको बताएको छ।
सार्वजनिक सम्पत्तिको हानि, अनुशासनहीन कार्य
राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा ँसार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु अनुशासनहीन, अमर्यादित र अशोभनीय कार्य होँ भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ। साथै, आगामी दिनमा परिषद्को हाताभित्र यस्ता अवाञ्छित गतिविधि भएमा सम्पूर्ण कर्मचारीहरू एकजुट भई कदम उठाउने चेतावनी दीएको छ।
यस घटनापछि खेलकुद क्षेत्रका सरोकारवालाहरू थप सतर्क बनेका छन भने राखेपले छानबिन प्रक्रिया अघि बढाइसकेको छ।