भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी
News Desk
Feb-10 , 2025 तारिख 12:24 बेलुका

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ।  गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। 

इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो। 

भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो।

त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुदै ३०४ रन बनाएको थियो।

योसँगै भारतले ३ खेलको सिरिज एक खेलअघि नै २–० ले जितेको छ। अब सिरिजको अन्तिम खेल बुधबार हुदै छ।