News Desk
साबिक विजेता त्रिभुवन आर्मी क्लब ब्बाइज युनाइटेड सँग पराजित हुँदै २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ।
पोखरा रङ्गशालामा सोमबार भएको खेलको अन्तिम मिनेटमा राज भुसालले गोल गरेपछि आर्मी क्लब स्तब्ध बनेको हो। खेलको २५ औँ मिनेटमा मैदान छिरेका राजले ९० औँ मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा गएन।
यस जितसँगै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुज्ञ्ो। चर्च ब्वाइजका मिलन राई म्यान अफ दी म्याच भए। चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाल पुलिससँग खेल्ने छ ।