राज होजियारी प्याब्सन जुनियर फुटबल प्रतियोगिता : ज्ञान ज्योति र ठोरी एकेडेमीले निकाले जित
News Desk
Feb-23 , 2025 तारिख 02:15 बिहान

वीरगंज - वीरगंजस्थित विपद् व्यवस्थापन गुल्मको खेलमैदानमा जारी राज होजियारी प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। 

प्रतियोगितामा ज्ञान ज्योति र ठोरी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो-आफ्नो खेल जितेका छन्।

प्रतियोगिताको पहिलो खेलमा डीएभी र ज्ञान ज्योती बीच प्रतिस्पर्धा भएको थियो। खेलको शुरुवातदेखि नै दुवै टोली आक्रामक देखिए पनि ज्ञान ज्योतिले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै २ गोलको अन्तरले जित हासिल गर्‍यो।

ज्ञान ज्योति टोलीका खेलाडी सोयम प्रजापति प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा ठोरी एकेडेमी र बीपीएस भिडन्त भयो। ठोरी एकेडेमीले उच्च प्रदर्शन गर्दै ३ गोलको फराकिलो अन्तरले बीपीएसलाई पराजित गर्‍यो।

ठोरी एकेडेमीका खेलाडी सागर पन्तले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि जिते। 

राज होजियारी प्याब्सन जुनियर फुटबल प्रतियोगिता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पर्साको आयोजनामा भइरहेको छ।

प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार, यो प्रतियोगिता विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराउँदै उनीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो।

प्याब्सन पर्साका अध्यक्ष सराेज चाैधरीकाअनुसार, प्रतियोगिताले खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न मद्दत गर्नेछ।
 
साथै, वीरगञ्जमा विद्यालय स्तरको खेलकुद गतिविधिहरूलाई प्रवर्द्धन गर्न यो प्रतियोगिता महत्वपूर्ण सावित हुने उनकाे विश्वास छ ।

DIPU BARNWAL 

धेरै पढिएको