तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिताको उपाधी नेपाल प्रहरीलाई
News Desk
Mar-02 , 2025 तारिख 01:03 बेलुका

तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिताको उपाधी नेपाल प्रहरीले जितेको छ। 

नेपाल डोरीतान सङ्घको आयोजनामा भक्तपुरको एसओएस स्कुलमा दुई दिनसम्म सञ्चालन भएको पुरुष तथा महिला दुबैतर्फ नेपाल प्रहरीको टोली पहिलो भएको हो।

पुरुषतर्फ प्रथम भएको प्रहरी टोलीले एक लाख नगद, मेडल र प्रमाणपत्र तथा महिलातर्फ ६० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेको छ। 

यस्तै, पुरुषतर्फ दोस्रो हुने नेपाली सेनाको टोलीले  ६० हजार, मेडल र प्रमाणपत्र तथा महिलातर्फ पनि दोस्रो भएको  नेपाली सेनाको टोलीले  ४० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।
प्रतियोगितामा पुरुषतर्फ सातै प्रदेशसहित तीन विभागीय टोली तथा महिलातर्फ पाँच प्रदेश र तीन विभागीय टोलीको सहभागिता  रहेको डोरीतान प्रतियोगिताका अन्तर्राष्ट्रिय प्रतिनिधी आनन्दकुमार यादवले जानकारी दिए।

शुक्रबार प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए। प्रतियोगिताले नेपालमा डोरीतान खेलको विकास तथा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मद्दत पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले बताए।

धेरै पढिएको