चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण अवरुद्ध
News Desk
Mar-08 , 2025 तारिख 08:31 बेलुका

युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकिएको छ। 

जितका लागि नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा जवाफि व्याटिङमा उत्रिएको नामिवियाले ८ ओभरमा १ वीकेट गुमाउँदै ३९ रन बनाउँदा पानी परेपछि खेल प्रभावित भएको हो।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो। 

नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन।

ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन। यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको छ।

नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन/तीन विकेट हात पारे। यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लीन। 

धेरै पढिएको