नेपाल क्रिकेट संघले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गर्‍यो
News Desk
Mar-12 , 2025 तारिख 07:49 बेलुका

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष तथा महिला खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। यसअनुसार पुरुषतर्फ ग्रेड ‘ए’मा पाँच खेलाडी परेका छन्, भने महिलातर्फ चार खेलाडीले शीर्ष श्रेणीमा स्थान बनाएका छन।

पुरुष खेलाडीको वर्गीकरण

पुरुषतर्फ ग्रेड ‘ए’मा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, र आसिफ शेख परेका छन। अघिल्लो सूचीमा सन्दीप लामिछाने निलम्बित थिए, तर यसपटक उनी पुनः ए श्रेणीमा समेटिएका छन।

ग्रेड ‘बी’मा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललितनारायण राजवंशी, र अनिल शाह रहेका छन। अघिल्लो पटक बी श्रेणीमा रहेका कुशल मल्ल, भीम सार्की, आरिफ शेख, र अविनाश बोहरालाई घटुवा गरिएको छ। तीमध्ये तीन जना सी ग्रेडमा पुगेका छन भने बोहरा डी ग्रेडमा समेटिएका छन।

ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, र कुशल मल्ल छन। यसअघि वर्गीकरणमा रहेका विनोद भण्डारी र अर्जुन साउद भने सूचीमा अटाएका छैनन।

ग्रेड ‘डी’मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरा, र मयन यादव समावेश छन।

इमर्जिङ क्याटागोरीमा दिपेश कँडेल, अर्जुन घर्ती, हेमन्त धामी, र रुपेश सिंह यसपटक पनि समावेश भएका छन। पहिलो पटक अर्जुन कुमाल, शुभ कंसाकार, र सन्तोष यादव इमर्जिङ खेलाडीको सूचीमा परेका छन।

महिला खेलाडीको वर्गीकरण

महिलातर्फ ग्रेड ‘ए’मा इन्दु वर्मा, पूजा महतो, रुबिना क्षेत्री, र सीता रानामगर छन।

ग्रेड ‘बी’मा कविता जोशी, ग्रेड ‘सी’मा कविता कुँवर र सम्झना खड्का, तथा ग्रेड ‘डी’मा विन्दु रावल, एलिसा यादव, साना प्रविन, रिया शर्मा, सीमाना केसी, सावित्री धामी, रोमा थापा, इश्वरी विष्ट, कृष्मा गुरुङ, र मनीषा उपाध्याय रहेका छन।

तलब संरचना

क्यानले विभिन्न ग्रेडका खेलाडीहरूलाई मासिक पारिश्रमिक तोकेको छ।

पुरुष खेलाडी

ग्रेड ‘ए’ः रु। १ लाख

ग्रेड ‘बी’ः रु। ७० हजार

ग्रेड ‘सी’ः रु। ५५ हजार

ग्रेड ‘डी’ः रु। ३५ हजार

इमर्जिङ क्याटागोरीः रु। २५ हजार

महिला खेलाडी

ग्रेड ‘ए’ः रु। ५० हजार

ग्रेड ‘बी’ः रु। ३५ हजार

ग्रेड ‘सी’ः रु। २५ हजार

ग्रेड ‘डी’ः रु। २० हजार

क्यानले नयाँ वर्गीकरणअनुसार खेलाडीहरूलाई नियमित पारिश्रमिक उपलब्ध गराउने जनाएको छ।

धेरै पढिएको