News Desk
फिफा विश्वकप-२०२६ मा छनोट भएको अर्जेन्टिना ब्राजिलमाथि हावी भएको छ। घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले सहजै हरायो।
अर्जेन्टिनाको जितमा गिउलियानो सिमियोन, जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर र एन्जो फर्नान्डेसले गोल गरे। ब्राजिलका लागि म्याथ्युस कुन्हाले एक गोल फर्काए ।
अर्जेन्टिना दक्षिण अमेरिकी छनोट तालिकाको शीर्ष स्थानमा छ भने हारपछि ब्राजिल चौथो स्थानमा झरेको छ। बोलिभियाले उरुग्वेसँग बराबरी खेलेपछि अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको थियो। यद्यपि, ब्राजिलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न अझै संघर्ष गर्न पर्नेछ।