स्टुआर्ट नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त
News Desk
Mar-29 , 2025 तारिख 12:47 बेलुका

नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका स्टुआर्टलाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

क्यानले शुक्रबार उनलाई मुख्य प्रशिक्षकको बनाएको जानकारी दिएको छ। उनले मोन्टी देसाइको स्थान लिनेछन। ल र क्यानबीच दुई वर्षको सम्झौता भएको छ। 

क्यानले भारतीय प्रशिक्षक देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो। देसाइको दुई वर्षे सम्झौता माघमा सकिएको थियो।

क्यानले गत फागुन ३ गते  मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो।  मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो। त्यसबाट ललाई नियुक्त गरिएको हो।​

लले यसघि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसकेका छन।

अस्ट्रेलिया सन १९९६ को विश्वकपमा उपविजेता हुँदा ल टोलीको सदस्य थिए। लले अस्ट्रेलियाका लागि ५४ एकदविसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेलेका थिए।

धेरै पढिएको