News Desk
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाल, कतार, कुवेत र हङकङ सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिज आगामी चैत २७ गतेदेखि हङकङमा सुरु हुनेछ।
क्यानका अनुसार सन्दीप लामिछाने शल्यक्रियाबाट रिकभर भइरहेकाले र अनिल साह चोटका कारण सिरिज खेल्न नसक्ने भएका छन्। यसअघि घोषणा गरिएका खेलाडीहरू बुधबारदेखि रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा प्रशिक्षण सुरु गर्नेछन्।
बन्द प्रशिक्षणका लागि छनोट खेलाडीहरू:
रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम, विवेक यादव।